PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको अस्पताल पुर्‍याउनासाथ मृत्यु



रासस

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको अस्पताल पुर्‍याउनासाथ मृत्यु

सुरुङ्गा : ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो। प्रदेश-१-१०-००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell