PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हेटौँडा उपमहानगरको हालसम्मको नतिजा : कांग्रेस र एमालेले ६/६ वडाध्यक्ष  जित्दा माओवादी केन्द्र शून्य



पहिलोपोस्ट

हेटौँडा उपमहानगरको हालसम्मको नतिजा : कांग्रेस र एमालेले ६/६ वडाध्यक्ष  जित्दा माओवादी केन्द्र शून्य

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम आएको छ। निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १२ मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ६ वटै वडामा नेकपा (एमाले) विजयी भएको छ।

हेटौँडा १, २, ३, ६, १६ र १७ नम्बर वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। वडा १ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दाहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन्।

त्यसैगरी, वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। ४ नम्बर वडामा नविन सिग्देल, ५ मा सुशील घिमिरे, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन्।

हेटौँडा उपमहागरमा नेकपा (माओवादी केन्द्र)ले हालसम्म एउटा पनि वडा जित्न सकेको छैन। हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये हाल सिद्धार्थ मावि स्थित मतगणना स्थलमा ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell