PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौं - ८ मा ३०० मत गन्दा कांग्रेसकी सिर्जना सिंहको अग्रता, बालेन र स्थापित पछ्याउँदै



पहिलोपोस्ट

काठमाडौं - ८ मा ३०० मत गन्दा कांग्रेसकी सिर्जना सिंहको अग्रता, बालेन र स्थापित पछ्याउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। हालसम्म करिब ६० हजार मत गनिसक्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता कायमै छ।

बालेनले २३ हजार मत कटाउँदा नेकपा एमालेका केशव स्थापतिले १२ हजार मत कटाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ११ हजार मत कटाएकी छिन्।

राष्ट्रिय सभागृहमा वडा ८ को मतगणना भर्खरै सुरु भएको छ। कुल मत परिणाममा तेस्रोमा परिरहेकी कांग्रेसकी सिर्जनाले वडा ८ मा भने सबैभन्दा बढी मत पाइरहेकी छिन्।

वडा ८ मा ३०० मत गन्दा रुखमा १३६ मत परेको छ भने बालेनलाई ६३ मत प्राप्त भएको छ। एमालेका स्थापितले भने ३६ मत प्राप्त गरेका छन्। यस वडामा स्थापितभन्दा सिर्जना १०१ मतले अगाडि छिन्। वडा ८ काठमाडौंको गौशाला क्षेत्रको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell