PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नवनिर्वाचित जनप्रतिनिधिले सम्हाल्न थाले स्थानीय सरकार, हेटौंडाका पाँच पालिका प्रमुखले लिए सपथ



पहिलोपोस्ट

नवनिर्वाचित जनप्रतिनिधिले सम्हाल्न थाले स्थानीय सरकार, हेटौंडाका पाँच पालिका प्रमुखले लिए सपथ

हेटौंडा : मकवानपुर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

जिल्लाको दशवटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहको मतगणना सम्पन्न भए पनि पहिलो चरणमा उपस्थित भएका पाँचवटा स्थानीय तहको प्रमुखले सपथ ग्रहण गरेका हुन्। उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए।

श्रेष्ठले पहिलो चरणमा इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका प्रमुख धर्म लामिछानेलाई सपथ ग्रहण गराएका हुन्।

दोस्रो चरणमा थाहान नगरपालिका मेयरमा निर्वाचित प्रमुख बिष्णुबहादुर बिष्ट ‘आदर्श’, मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित रन्जन कालाखेती, कैलाश गाउँपालिका अध्यक्षमा निर्वाचित लोक बहादुर मोक्तानलाई सपथ ग्रहण गराएका छन्।

हाल हेटौंडा र वाग्मती गाउँपालिकाको मतगणना जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell