PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कान्सको ‘रेड कार्पेट’मा ‘रेड ड्रेस’मै सजिएकी सुरक्षा



पहिलोपोस्ट

कान्सको ‘रेड कार्पेट’मा ‘रेड ड्रेस’मै सजिएकी सुरक्षा

काठमाडौं : नायिका सुरक्षा पन्त अहिले फ्रान्सको कान्समा छिन्। ७५औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन्।

‘द एट माउन्टेन्स’मा अभिनय गरेकी उनले कान्स फिल्म फेस्टिभलमा सोही फिल्मको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। ‘द एट माउन्टेन्स’ बुधवार प्रिमियर गरिएको थियो।

उनले कान्स फिल्म फेस्टिभलको ‘रेड कार्पेट’मा वाक समेत गरेकी छिन्। ‘रेड कार्पेट’मा उनी रातो पहिरनमै सजिएकी थिइन्। उनको ड्रेस तेन्जिन सेनेत भुटियाले डिजाइन गरेका हुन्।

‘रेड कार्पेट’मा हिँड्दा अलग महसुस भएको उनले बताएकी छिन्।

‘चलचित्र र कथाकारहरूका लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने यो अवसर जीवनभर यादगार रहनेछ,’ उनले भनेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell