PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

वीरेन्द्रनगरको प्रमुखमा निवर्तमान उपप्रमुख समेत रहेकी एमालेकी मोहनमायाको जित



पहिलोपोस्ट

वीरेन्द्रनगरको प्रमुखमा निवर्तमान उपप्रमुख समेत रहेकी एमालेकी मोहनमायाको जित

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। निवर्तमान उपप्रमुख समेत रहेकी मोहनमाया भण्डारी (ढकाल) १६ हजार ३८ मत प्राप्त गरी विजयी भएकी हुन्।

उनका निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र बहादुर खड्काले १५ हजार ४८४ मत प्राप्त गरे। ढकालले खड्कालाई ५५४ मत अन्तरले पराजित गरेकी हुन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका उम्मेदवार मुकुन्द श्याम गिरीले १० हजार ६ मत प्राप्त गरे।

त्यसैगरी, उपप्रमुखमा समेत एमालेका निलकण्ठ खनाल विजयी भएका छन्। उनी २० हजार ३६४ मत ल्याएर विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ ल्याएकी छन्।

उपप्रमुखमै राप्रपाकी लक्ष्मी कुमारी सार्कीले ३ हजार ६९७ मत प्राप्त गरिन्। उपप्रमुखमा निर्वाचित खनाल निवर्तमान वडाअध्यक्ष हुन्।

वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell