PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान



पहिलोपोस्ट

लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

सुर्खेत : लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ।

नगरप्रमुखमा निर्वाचित बनेका उमेश कुमार पौडेल, उपप्रमुख बिमला खड्लुक लगायत वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए। उनका अनुसार नगरपालिकामा नवनिर्वाचित ५२ जना जनप्रतनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ।

प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख पौडेलले नगरवासीको इच्छा, चाहना र जनअपेक्षा अनुसार काम गर्ने भन्दै आगामी पाँच वर्षमा नमुना मोडेलका रुपमा नगरलाई स्थापित गर्ने अठोट लिएका छन्। नगरको पूर्वाधार विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकतामा राख्ने र यी बाहेक जनताको आवश्यकता र माग बमोजिम नेतृत्व अघि बढ्ने उनको प्रतविद्धता छ।

समग्र नगरको विकास र समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने भन्दै सबैको साथ र सहयोगको खाँचो हुने उनले बताए। नगरको हितका लागि कुनै पक्ष, विपक्ष नभनेर सबैलाई समेटेर लैजाने आफ्नो दायित्व भएको नगरप्रमुख पौडेलको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell