PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रोहित पौडेलले पाए नेपाली टोलीको उपकप्तानको जिम्मेवारी



पहिलोपोस्ट

रोहित पौडेलले पाए नेपाली टोलीको उपकप्तानको जिम्मेवारी
फाइल फोटो। आईसीसी

काठमाडौं: रोहित कुमार पौडेलले नेपाली क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी पाएका छन्। पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट मुक्त गरिएयता उपकप्तानबिहिन अवस्थामा रहेको नेपाली टोलीमा पौडैलले क्रिकेट विश्वकप लिग २ को अमेरिका र स्कटल्याण्डसँगको सिरिजका लागि उपकप्तानको जिम्मेवारी पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

अमेरिकामा हुने लिग२ का लागि यसअघि क्यानले १५ सदस्यीय टोलीको घोषणा गरेको थियो।

नेपाली टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रियमा १७ खेलबाट ६२३ रन बनाएका उनी सर्वाधिक स्कोरर हुन्। उनीपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ४८० रन बनाएर दोस्रो स्थानमा छन्। टी २० अन्तर्राष्ट्रियमा भने उनी सर्वाधिक स्कोररको सूचिमा ११ औं  स्थानमा छन्। उनले १६ खेलबाट २ सय २० रन बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell