PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हेटौँडामा सत्ता गठबन्धनको अग्रता कायमै, कसको मत कति?



पहिलोपोस्ट

हेटौँडामा सत्ता गठबन्धनको अग्रता कायमै, कसको मत कति?

हेटौँडाः हेटौँडा उपमहानगरपालिका जारी मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। ५८ हजार ६५८ मतगणना गर्दा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन्।

नगर प्रमुख पदमा गठबन्धनका मीनाकुमारी लामाले १८ हजार २७१ मत पाएकी छिन्। एमालेका अनन्त पौडेलले १७ हजार २६ मत पाएका छन्। मेयरका प्रत्यासी राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक सिंहले १६ हजार ३११ मत पाएका छन्।

उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले २६ हजार ४४६ मत पाएका छन्। एमालेकी सुमित्रा काफ्लेले १९ हजार १०२ मत पाएकी छिन्। राप्रपाकी इन्दिरा न्यौपानेले चार हजार २१४ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell