PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

काठमाडौँमा बालेनको दोब्बरको अग्रता कायमै, उपप्रमुखमा सुनिता १५ हजार मतले अघि



पहिलोपोस्ट

काठमाडौँमा बालेनको दोब्बरको अग्रता कायमै, उपप्रमुखमा सुनिता १५ हजार मतले अघि

काठमाडौँः काठमाडौँ महानगरेको ६० हजारभन्दा बढी मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन्।

बालेनले कुल २३ हजार ७६० मत प्राप्त गरेका छन्। उनलाई एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ५२४ मतसहित पछ्याइरहेका छन्। 
यस्तै, सत्ता गठबन्धनकी उम्मेदवार सृजना सिंहले ११ हजार ८५४ मत पाएकी छिन्। स्वतन्त्र उम्मेदवार सुमन सायमिले पनि एक हजार ४१९ मत पाएका छन्। 

उपप्रमुखमा एमालेकी सुनिता डंगलोको फराकिलो अग्रता कायमै छ। सुनिताले २३ हजार २९२ मत पाएकी छिन्। यस्तै, गठबन्धनका रामेश्वर श्रेष्ठले आठ हजार २७३ र राप्रपाकी विनीता मगैयाले सात हजार ६६४ मत पाएकी छन्। 

राति १० बजेसम्म ६३ हजार ६० मतगणना भइसकेको छ। वडा नम्बर १, २, ३, ४, ५ र ३० को गणना सकिएको छ। ३० को परिणाम भने सार्वजनिक गरिएको छैन। 

अहिले वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३१ र ३२ को मतगणना जारी छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell