PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बेङ्ग्लोरले गुजरातलाई हरायो, कोहली र म्याक्सवेलको सानदार पारि



पहिलोपोस्ट

बेङ्ग्लोरले गुजरातलाई हरायो, कोहली र म्याक्सवेलको सानदार पारि
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले गुजरातलाई ८ विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक अविजित ६२ रन बनाउँदा डेभिड मिलरले ३४, ऋद्धिमान साहले ३१, रासिद खानले अविजित १९ तथा म्याथ्यु वेडेले १६ रनको योगदान दिए। गुजरातलाई ठूलो स्कोरसम्म पुग्न नदिन बेङ्ग्लोरका जोस हेजलवुडले २ विकेट लिँदा ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। बेङ्ग्लोरका लागि बिराट कोहलीले सर्वाधिक ७३ रन बनाउँदा कप्तान फाफ डुप्लिसिसले ४४ तथा ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए।

बलिङतर्फ गुजरातका रासिद खानले २ विकेट लिए।

जितसँगै १४ खेलबाट १६ अंक जोडेको बेङ्ग्लोर चौथो स्थानमा उक्लँदै प्लेअफको सम्भावनालाई जीवित राखेको छ। समान खेलबाट २० अंक जोडेको गुजरात भने शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell