PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सप्तरीमा माओवादी केन्द्रको पहिलो जित



रासस

सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

सप्तरी: सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ।

नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो। प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए।

यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन। माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ।

यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याइन्। पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन्। नेकपा (एकीकृत समाजवादी)का शत्रुघ्नप्रसाद साहले दुई हजार ९४३ मत ल्याए।

कूल ११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नं २, ६, ९ र ११, कांग्रेसले वडा नं ३, ८ र १०, एकीकृत समाजवादीले वडा नं ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नं १ र ६ मा जित हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell