PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी



रासस

सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी

सुर्खेत: सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका ऐनबहादुर चन्द तथा उपाध्यक्षमा गोमा शर्मा (रेग्मी) विजयी भएका हुन्।

अध्यक्ष पदमा विजयी चन्दले छ हजार १७० र उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी शर्माले छ हजार ९१ र उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे। नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांगे्रसले चार वडाको नेतृत्वमा जित हासिल गरेका छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि त्यहाँको अध्यक्ष उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार विजयी भएका थिए।

सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ। तीमध्ये नेपाली कांग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पद जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell