PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री



पहिलोपोस्ट

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री
Photo: Skysports

पुरुष फुटबलको सबैभन्दा शीर्ष प्रतियोगिता विश्वकपमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरिने भएको छ। यही वर्ष कतारमा हुन गइरहेको कतार विश्वकपमा तीन जना महिला रेफ्री र तीन जना महिला एसिस्टेन्ट रेफ्रीलाई फिफाले खेल सञ्चालनको जिम्मेवारी दिएको हो।

विश्वफुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि बिहीवार ३६ जनामध्येबाट तीनजना रेफ्री र तीन जना सहायक रेफ्री छनोट गरेको हो। तीन जना रेफ्रीमा फ्रान्सकी स्टेफानी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसाङ्गा र जापानकी योसिमी यमसितारहेका छन्। फ्रापार्ट यूईएफए च्याम्पियन्स लिगको पहिलो महिला रेफ्री हुन् भने सलिमा अघिल्लो वर्षमात्र अफ्रिकन नेशनन्स कप सञ्चालन गर्ने पहिलो महिला रेफ्री हुन्। त्यस्तै यमसितारहेका पनि एसियन च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री हुन्। एसिस्टेन्ट रेफ्रीहरुमा ब्राजिलकी नेउजा ब्याक, अमेरिकाकी क्याथरिन नेस्बिटर मेक्सिकोकी करेन डियाज मेदिना छन्।

कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell