PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टी २० सिरिजको चौथो खेल आज: नेपाललाई पहिलो जितको दवाब, वर्षाको डर



पहिलोपोस्ट

टी २० सिरिजको चौथो खेल आज: नेपाललाई पहिलो जितको दवाब, वर्षाको डर
तस्बीर: क्यान

काठमाडौं: नेपाल र युगाण्डाबीच जारी पाँच खेलको टी २० सिरिजमा युगाण्डाले लगातार तीन खेल जित्दै सिरिज जितिसकेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चौथो खेल हुँदैछ। घरेलु मैदानमा लगातार तीन खेलको पराजय पछि नेपाली टोली जितको दवाबमा मैदान उत्रने छ।

खेल दिउँसो १ बजे सुरु हुनेछ। नेपाली टोलीको फितलो प्रदर्शनलाई लिएर बिहीवारको पराजयपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अपेक्षा अनुरुप ब्याटिङ र बलिङ नचल्दा पराजय ब्यहोर्नुपरेको बताएकी थिइन्। उनले फिटनेस र फिल्डिङमा कमजोरी रहेको बताउँदै कमजोरी सुधार्ने बताएकी थिइन्।

नेपाली टोलीले पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटको हार ब्यहोरेको थियो।

विहीवारको खेलमा वर्षादका कारण केहीबेर प्रभावित भएकोमा आजको खेल पनि प्रभावित हुनसक्ने देखिएको छ। मौसम पूर्वानुमान महासाखाका अनुसार आज मध्यम तथा हल्का वर्षादको सम्भावना छ। 

 'प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।' मौसम पूर्वानुमान महाशाखाको आजको बुलेटिनमा भनिएको छ। 

नेपाली टोली

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगिता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरानमयी रोय, बिन्दु रावल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell