PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौं - ३२ : गठबन्धनलाई हराउँदै एमालेको प्यानलै निर्वाचित



पहिलोपोस्ट

काठमाडौं - ३२ : गठबन्धनलाई हराउँदै एमालेको प्यानलै निर्वाचित

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र मानिने काठमाडौंको वडा ३२ मा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार प्यानलै निर्वाचित भएका छन्।

यहाँ वडाध्यक्षमा एमालेका नवराज पराजुली ५ हजार २२५ मतका साथ निर्वाचित भएका छन्। पराजुली यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए। यहाँ गठबन्धनबाट एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली वडाध्यक्षको उम्मेदवार रहेकी थिइन्। उनले ३ हजार १०८ मतमात्र प्राप्त गरिन्।

वडा सदस्यहरुमा एमालेकै हीरादेवी पोखरेल(महिला), सीता बिसुङ्खे(दलित महिला सदस्य) र भगवान बुढाथोकी, हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell