PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

धनगढीमा हमालको अग्रता कायमै, गठबन्धनका उम्मेदवार ९५९० मतले पछि



पहिलोपोस्ट

धनगढीमा हमालको अग्रता कायमै, गठबन्धनका उम्मेदवार ९५९० मतले पछि

कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा करिब ६६ प्रतिशत मतगणना सम्पन्न हुँदासम्म स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ।

शनिवारदेखि सुरु भएको मतगणनामा हालसम्म ४२ हजार २३० मत गणना भएका छन्। जसमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्। हमाल र वडबिच ९ हजार ५९० मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अब २१ हजार ४८५ मत गणना गर्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell