PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

एउटा छाताको मूल्य दुई लाख रुपैयाँ, 'सन अम्ब्रेल्ला'ले पानी नथेगेपछि कम्पनीको आलोचना



पहिलोपोस्ट

एउटा छाताको मूल्य दुई लाख रुपैयाँ, 'सन अम्ब्रेल्ला'ले पानी नथेगेपछि कम्पनीको आलोचना
Photo : Gucci

काठमाडौं : गुच्ची र एडिडासले मिलेर निकालेको छाताले पानी परेको बेला काम नगरेपछि चीनमा यसबारे व्यापक आलोचना भएको छ।

यससँगै चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमध्येको वेइबोमा गुच्ची-एडिडासको यो छातालाई लिएर ट्रोल गर्दै एउटा ह्यासट्याग ट्रेन्डिङ भएको छ, जसमा '११,१०० युआनमा बेचिएको छाता वाटरप्रूफ छैन’ भनेर लेखिएको छ। यो ह्यासट्यागसहितको पोस्ट अहिलेसम्म १४ करोडभन्दा धेरै जनामा सर्कुलर भइसकेको छ।

गर्मी मौसमका लागि भनेर डिजाइन गरिएको गुच्ची र एडिडासद्वारा बेचिएको 'सन अम्ब्रेला' केही समयअघि चीनमा सोल्ड आउट भएको थियो। तर पछि त्यस छाताले पानी परेको बेला पानी नथेगेपछि आलोचना सुरु भएको हो।

प्रख्यात ब्रान्डमा पर्ने गुच्ची र एडिडासले ११ हजार १०० युआन अर्थात् १६०० डलर पर्ने छाता बिक्री गर्दै आएका थिए। यसको नेपाली मूल्य २ लाख रुपैयाँ हाराहारी हुन आउँछ।

धेरै आलोचना भएपछि गुच्चीको वेबसाइटले यो वाटरप्रूफ नभएको र यो घामबाट सुरक्षा दिन र जोगाउन वा सजावटी प्रयोगको लागि मात्र रहेको भनेर आफ्नो बचाउमा प्रष्टीकरण दिएको छ।

गुच्ची र एडिडासले आफ्ना उत्पादनबारेको नकारात्मक टिप्पणीको विषयमा संचार माध्यमहरुलाई तत्कालिन प्रतिक्रिया केही पनि दिएका छैनन्। यद्यपि, गुच्चीका प्रवक्ताले बेइजिङको म्यागजिन क्याजिङलाई उक्त उत्पादनलाई दैनिक रूपमा पानी परेको बेला छाताको रुपमा प्रयोग गर्न सिफारिस नगरिएको बताएका छन्। उनीहरुले उक्त छाता कलेक्टरका लागि मूल्यवान रहेको र घाम लागेको बेला प्रयोगको लागि उपयुक्त भएको भनि स्पष्टीकरण दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell