PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

जेठ १३ गते वाग्मती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस



पहिलोपोस्ट

जेठ १३ गते वाग्मती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौं : वाग्मती प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप ५० हजार रुपैयाँ दिने गरि कार्यविधि पारित गरेको छ। त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ।

सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीलाई उपचारका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। तर कार्यविधि नबन्दा सर्वसाधारण नागरिकले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell