PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धनुषाका ११ पालिकाको नतिजा : ६ वटामा कांग्रेस, ३ वटा जसपाले पाउँदा एमालेलाई दुई पालिका



पहिलोपोस्ट

धनुषाका ११ पालिकाको नतिजा : ६ वटामा कांग्रेस, ३ वटा जसपाले पाउँदा एमालेलाई दुई पालिका

जनकपुरधाम : धनुषाको १८ मध्ये ११ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ।

जिल्लाको लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका,नगराइन नगरपालिका र धनुषाधाम नगरपालिकाको मत परिणाम सार्वजनिक भएको हो।

जसमध्ये ६ वटा पालिकामा नेपाली कांग्रेस, तीनवटा पालिकामा जसपा दुईवटामा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन्।

लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन्। मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याएका हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३ हजार ४६० मत ल्याइन्।

त्यस्तै, औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन्। साहले ३ हजार ३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए। त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकी कुमारी मण्डलले २ हजार ७९० मत ल्याइन।

उता, धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्। अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए।

यस्तै उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन्। उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन्। यस्तै वडा नम्बर-१ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर-१ मा लोसपाको प्यानल विजयी भएको हो।

त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन्। यादवले ३ हजार १५७ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छिन्। उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याए।

त्यस्तै, विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन्। त्यस्तै, कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत ल्याए।

उपमेयरमा भने नेकपा एमालेकी आशा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन्।

त्यस्तै, नेपाली कांग्रेसकी सीमा कुमारी महतोले २ हजार ७८६ मत ल्याएकी छन्।

नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

धनुषाधाम नगरपालिकामा पनि नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन्। उनले ४ हजार ७१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए।

यस्तै उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएकी छन्। उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन्।

त्यस्तै, कमला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरु निर्वाचित भएका छन्। मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए।

यस्तै, उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन्। उनले ३ हजार ८८७ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन्।

शहीदनगर नगरपालिकामा भने जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन्।

मेयरमा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका हुन्। उनले ५ हजार ७४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिर कुमार गोईतले ४ हजार १०५ मत प्राप्त गरेका हुन्। निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७ मतमा सिमित भएका छन्।

यस्तै, उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छिन्। उनले ४ हजार ९३१ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन्।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।

बुधवार आएको मतपरिणाम अनुसार जसपाका जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबावु यादवले २ हजार ४५५ मत ल्याए।

यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छिन्। उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन्।

उता, बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका हुन्। उनले ४ हजार १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्याम सुन्दर महतोले ३ हजार ३७ मत ल्याए।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छिन्। उनले ३ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत ल्याएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए।

नगराइन नगरपालिकामा भने नेपाली कांग्रेस पार्टीका मेयर र एमाले पार्टीका उपमेयर निर्वाचित भएका छन्।

मेयरमा कांग्रेसका बिनय कुमार यादव निर्वाचित भएका हुन्। उनले ५ हजार ५५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपमा एमालेका रामबाबु पंजियारले ५ हजार ५१४ मत प्राप्त गरेका हुन्।

यस्तै उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन्। उनले ५ हजार ७३० मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell