PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मिथिला नगरको मेयरमा कांग्रेसका महेन्द्र निर्वाचित, उपमेयरमा एमालेकी सुनिता



पहिलोपोस्ट

मिथिला नगरको मेयरमा कांग्रेसका महेन्द्र निर्वाचित, उपमेयरमा एमालेकी सुनिता

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

मेयरमा कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका हुन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी हुन्। 

महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन् भने एमालेका राजा राम महतोले ६ हजार ९४० मत ल्याए। महतोले चुनाव लड्न डिएसपी पदबाट राजीनामा दिएका थिए ।

यस्तै उपमेयरमा बुढाथोकी ७ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell