PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अर्थ मन्त्री जनार्दन शर्मा जिल्लिए आफ्नै वडा र पालिकामा : कांग्रेसलाई जिताउन एमालेको साथ



पहिलोपोस्ट

अर्थ मन्त्री जनार्दन शर्मा जिल्लिए आफ्नै वडा र पालिकामा : कांग्रेसलाई जिताउन एमालेको साथ

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा आफ्नै पालिकामा पार्टीलाई जिताउन असफल भएका छन्। कांग्रेससँग गरेको सत्ता गठबन्धनमा मन्त्री रहेका शर्माको वडा र पालिका दुवैमा कांग्रेसले जित निकालेको छ। रोचक यो हो कि उनको दललाई हराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यहाँ कांग्रेसलाई साथ दियो।  

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार बसन्त कुमार शर्मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीसँग पराजित भएका हुन्। निर्वाचित कांग्रेसका केसीले ६ हजार ९ सय १४ मत ल्याउँदा माओवादी केन्द्रका शर्माले ६ हजार ९ सय १ मत ल्याए। शर्मा १३ मतान्तरले पराजित भएका हुन्। सो पालिकामा ३ पार्टीका मेयरका उम्मेदवार बिच मात्रै प्रतिस्पर्धा भएको थियो। राष्ट्रिय जनमोर्चाका उम्मेदवारले सत्यनारायण श्रेष्ठले ५ मतमात्रै ल्याएका छन्।

शर्माको गृहपालिका मात्रै होइन, उनले मतदान गरेको वडामा समेत माओवादी केन्द्र पराजित भएको छ। माओवादी केन्द्रका सुशील गौतमले ४ सय २४ मत ल्याएर पराजित हुँदा कांग्रेसका समीरजंग मल्लले ५ सय ८ मत ल्याएर जित निकाले।

अझ रोचक त के रह्यो भने नगरपालिकाको उप प्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगरले जित निकाले। समाजवादीसँग माओवादी केन्द्रको गठबन्धन थियो यहाँ। विमलकुमारले ६ हजार १ सय ४० मत ल्याए। मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमाले बिच गठबन्धन थियो। प्रमुखमा एमालेले कांग्रेसलाई सघाएको थियो भने उपप्रमुखमा एमालेले कांग्रेसलाई समर्थन गरेको थियो। तर, दुवैका गठबन्धनले आंशिकमात्र जित निकाले। 

वडाहरुमा भने १ मा कांग्रेसका ज्ञानुकुमार चन्द, २ मा कांग्रेसकै दिनेश खड्का,३ मा कांग्रेसका दशरथ केसी, ४ मा माओवादी केन्द्रका निर्मल कुमार पुन, ५ मा कांग्रेसका समिर जंगमल्ल निर्वाचित भएका छन्। यस्तै, वडा नम्बर ६ मा माओवादीका भानु मल्ल, ७ मा एक्कबहादुर पाण्डे, ८ मा कांग्रेसका जयबहादुर थापा, ९ मा माओवादीका शशीराम पुन, १० मा माओवादीका धनबहादुर खड्का, ११ मा माओवादीकै गोविन्दबहादुर बुढा, १२ मा माओवादीका धिरन शेर्पाली, १३ मा माओवादीका खलबहादुर खड्का र १४ मा नेपाली कांग्रेसका गोवर्धन ओली निर्वाचित भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell