PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुटवलमा कांग्रेसको अग्रता कायमै, निर्णायक वडामा मतगणना भइरहँदा उपमेयरमा एमाले उम्मेदवार अघि



पहिलोपोस्ट

बुटवलमा कांग्रेसको अग्रता कायमै, निर्णायक वडामा मतगणना भइरहँदा उपमेयरमा एमाले उम्मेदवार अघि

बुटवल : रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवलमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। पाँच दलीय गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार खेलराज पाण्डेले ६ हजार बढी मतान्तरले अग्रता लिएका छन्। उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालको अग्रता छ।

उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन्। पाण्डे ६३९४ मतले अघि छन्।

उपप्रमुखमा एमालेकी अर्याल ५ हजार ४५६ मतले अघि छन्। अर्यालले १८ हजार ८७५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १३ हजार ४१९ मत पाएका छन्।

१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ। अहिले वडा नम्बर ११ र १२ को मतगणना जारी छ। वडा नम्बर ११ लाई बुटवलको निर्णायक वडा मानिन्छ। यहाँ १० हजार ३ सय मत खसेको छ।

मतगणना सकिएका वडामा कसले जिते ?

बुटवल वडा नम्बर १ मा नरेन्द्र बस्नेत (स्वतन्त्र)

बुटवल वडा नम्बर २ मा सुनिल शाक्य (नेकपा एकिकृत समाजबादी)

बुटवल वडा नम्बर ३ मा बिष्णु ढकाल (माओबादी केन्द्र)

बुटवल वडा नम्बर ४ मा नरिश्वर पौडेल (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर ५ मा हरि प्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर ६ मा लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर ७ मा पदमराज गाहा (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर ८ मा यज्ञ पंगेनी (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर ९ मा प्रदिप कुमार श्रेष्ठ (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर १० मा बलु पुन (नेकपा एमाले)

बुटवल वडा नम्बर १३ मा नारायण पुन (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर १४ मा दधिराम न्यौपाने (नेकपा एमाले)

बुटवल वडा नम्बर १५ मा शिव राना (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर १६ मा कृष्ण पौडेल (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर १७ मा ज्ञान बहादुर रेश्मी (नेपाली कांग्रेस)

बुटवल वडा नम्बर १८ मा गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले)

बुटवल वडा नम्बर १९ चन्द्रसिंह थापा (नेकपा एमाले)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell