PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बेथानचोकमा गठबन्धन विजयी : अध्यक्षमा भगवान, उपाध्यक्षमा तारा निर्वाचित



पहिलोपोस्ट

बेथानचोकमा गठबन्धन विजयी : अध्यक्षमा भगवान, उपाध्यक्षमा तारा निर्वाचित

काठमाडौं : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका हुन्।

अध्यक्ष अधिकारी ६ हजार १९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरि विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरिन्।

त्यसैगरि वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन्। यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell