PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सियारी गाउँपालिका अध्यक्षमा कांग्रेसका थानेश्वर निर्वाचित, उपप्रमुखमा तारा विजयी



पहिलोपोस्ट

सियारी गाउँपालिका अध्यक्षमा कांग्रेसका थानेश्वर निर्वाचित, उपप्रमुखमा तारा विजयी

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अयोध्या थारुले ७ हजार २६८ मत ल्याएका छन्। थारु निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।

यस्तै उपाध्यक्षमा कांग्रेसकै तारा थारु ८ हजार ९९० मत ल्याई विजयी भएकी छिन्। उनको निकटतम प्रतिस्पर्धी एमालेकै अमृता गुरुङले ७ हजार २६९ मत प्राप्त गरिन।

यस्तै, वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण कुमार शाही १ हजार ७९ मत ल्याई विजयी भएका छन। शाहीका निकटतम प्रतिस्पर्धी एमालेका तिर्थराज पन्थीले ६१४ मत पाए। वडा नम्बर २ मा एमालेका जनार्दन यादव १ हजार ३०८ मत ल्याइ विजयी घोषित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामकिशन थारुले ८७६ मत प्राप्त गरेका छन्।

वडा नम्बर ३ मा कांग्रेसका रामचन्द्र कुर्मि विजयी भएका छन्। उनले ८३२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका घिसन अहिरले ७८८ मत प्राप्त गरे। वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८४३ मत ल्याइ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रिप्रसाद श्रेष्ठले ७८० मत पाएका छन्।

वडा नम्बर ५ मा कांग्रेसकै धनपति खरेल ९७३ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका थमन बहादुर पौडेलले ७६७ मत प्राप्त गरे। वडा नम्बर ६ मा एमालेका शेर बहादुर गुरुङ १ हजार ४०६ मत ल्याई विजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका ध्रुव प्रसाद नेपालले १ हजार ३२३ मत पाएका छन्।

वडा नम्बर ७ मा कांग्रेसका दिपक बहादुर शाही २ हजार ११२ मत प्राप्त गरि विजयी घोषित भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका दिवाकर शर्माले १ हजार २८ मत पाएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell