PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हजार मतले प्रमुखमा धनराज अगाडि, उपप्रमुखमा १२० मतले मञ्जुको अग्रता



पहिलोपोस्ट

हजार मतले प्रमुखमा धनराज अगाडि, उपप्रमुखमा १२० मतले मञ्जुको अग्रता

पोखरा : पोखरा महानगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राख्दा उपप्रमुखमा एमालेका उम्मेदवार अघि देखिएको छ।

६९ हजार ९६८ मतगणना गर्दा नेकपा एकीकृत समाजवादीका धनराज गरुङले २८  हजार  ५६३ ल्याएका छन् भने नेकपा एमालेका कृष्ण थापाले २५ हजार ३५७  ल्याएका छन्।

उपप्रमुखमा गठबन्धन तर्फबाट कोपीला रानाभाटले २८ हजार ९०० ल्याउँदा एमालेकी मञ्जु गुरुङले २९ हजार २० ल्याएकी छिन्।

पछिल्लो मत परिणाम अनुसार वडा ८ को नतिजाबाट उपप्रमुखमा मञ्जुले अग्रता लिएकी हुन्। वडा ८ मा उपप्रमुखमा पदमा मञ्जुले १९७५ ल्याउँदा कोपिलाले १ हजार ४८८ ल्याएकी छिन्। वडा ८ मञ्जुको गृह वडा हो। पोखरामा धनराजले सुरुवातदेखी नै अग्रता लिँदा उपप्रमुखमा भने प्रतिस्पर्धा रोचक बनिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell