PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बुढीगंगा नगरपालिकामा एमालले बुथ कब्जा गरेको कांग्रेसको आरोप, आयोगसँग माग : फेरि मतदान होस्



पहिलोपोस्ट

बुढीगंगा नगरपालिकामा एमालले बुथ कब्जा गरेको कांग्रेसको आरोप, आयोगसँग माग : फेरि मतदान होस्

काठमाडौं : नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको माग गरेको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरेको र बुथ कब्जा गरि मत हालेको जनाएका हुन्।

‘नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ’ उनले विज्ञप्तिमा लेखेका छन्।

निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ  र निश्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको ठहर छ। कांग्रेसले कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell