PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विराटनगरको मेयरमा काङ्ग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की जित नजिक



अनन्तराज न्यौपाने

विराटनगरको मेयरमा काङ्ग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की जित नजिक

विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका नागेश कोइराला र उपप्रमुखमा नेकपा एमालेका शिल्पा निराला कार्की विजयको नजिक पुगेका छन्।

महानगरको ६३ हजार १४६ मतको गणना गर्दा कोइराला र कार्की विजयोन्मुख देखिएका हुन्। विराटनगरका १ लाख ३३ हजार १४२ मतदातामध्ये ८९ हजार ७८९ जनाले मतदान गरेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख पदमा नेकाका कोइरालाले २७ हजार ४६६ मत ल्याएर आफ्नो अग्रतालाई स्थिर राखेका छन्।

उनका निकट प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २० हजार २१९ मत हासिल गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८ हजार २४४ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुख पदमा एमालेका कार्कीले २३ हजार ८०२ मत ल्याउँदा गठबन्धनका जसपाका आकांक्षी अमरेन्द्र यादवले १३ हजार ३८३ मत हात पारेका छन्। तेस्रोमा राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ६४ मत प्राप्त गरेकी छन्।

विराटनगरका १९ वटा वडामध्ये हाल वडा नम्बर ६, ९, १० र ११ को गणना भइरहेको छ। जसमा ६ र ९ मा नेका तथा १० र ११ मा एमालेका वडाध्यक्ष अगाडि छन्।

एमालेले हालसम्म वडा नम्बर १, २, ३, ४, ८, १४ र १९ मा गरी ७ वडाध्यक्ष जितिसकेको छ। नेपाली काङ्ग्रेसले ५, ७, १५ र १६ गरी ४ वडाध्यक्ष हत्याएको छ। जसपाले १२ र १७ नम्बरमा वडाध्यक्षमा जित हासिल गरेको छ। त्यस्तै राप्रपाले १३ र स्वतन्त्रले १८ मा जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell