PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

आज पनि हावा हुरीसहित हल्का वर्षाको सम्भावना



पहिलोपोस्ट

आज पनि हावा हुरीसहित हल्का वर्षाको सम्भावना
फाइल फोटो

काठमाडौं : पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा हावाहुरी तथा पानी एकैसाथ पर्दा दु:खद् घटना भएका छन्। शुक्रवारमात्र चितवनमा हावाहुरीका कारण रुख र पोल ढल्दा तीन जनाको ज्यान गयो।

हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेकोले हावा हुरी तथा वर्षा एकै साथ आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।

हाल प्रदेश १ तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

आज दिउँसो मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशबाहेकका स्थानमा बदली रहने विभिन्न स्थानमा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ,' मौसम बुलेटिनमा भनिएको छ, 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।'

यसैगरी राती प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell