PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु, उपमेयरमा चित्रसेन नै अगाडि



पहिलोपोस्ट

भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु, उपमेयरमा चित्रसेन नै अगाडि

भरतपुर : चितवनको भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता बनाएकी छिन्। कुल ६९ हजार ६१२ मत गनिसक्दा रेनुले २७ हजार ७८ मत पाएकी छिन्।

नेकपा एमालेका विजय सुवेदीले २२ हजार ६० मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन्।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार १३२ मत पाएकी छन्। उपमेयरमै राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell