PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै, उपमेयरमा एमालेकी मञ्जुदेवीको



रासस

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै, उपमेयरमा एमालेकी मञ्जुदेवीको

पोखरा : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले) का मेयर पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गरेका हुन्।

त्यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले तीन हजार ५२० मत प्राप्त गर्दा अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मतसहित उनलाई पछ्याउँदैछिन्। उपमेयरमा राप्रपाकी रञ्जना सेनले तीन हजार ४११ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell