PahiloPost

May 15, 2024 | २ जेठ २०८१

डोटीमा बस दुर्घटना : १२ जना घाइते



पहिलोपोस्ट

डोटीमा बस दुर्घटना : १२ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन्। कैलालीबाट अछामका लागि छुटेको ना ५ च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिवार बिहान सवा ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक गम्भिर घाइते भएका छन् भने ३ जना मध्यम र बाँकी ८ जना सामान्य घाइते भएका छन्। सोही बसमा सवार १८ महिनाको बच्चा हराइरहेको र उनको खोजी भइरहेको प्रवक्ता भट्टले बताए।

घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। बसमा २० जना सवार थिए। घटनापछि बस चालक फरार छन्। बस सडकबाट ७०/८० मिटर तल सेति नदीमा खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell