PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

जगन्नाथले १० हजार मत कटाउँदा विजयभन्दा रेनु ५५ सय मतले अघि



पहिलोपोस्ट

जगन्नाथले १० हजार मत कटाउँदा विजयभन्दा रेनु ५५ सय मतले अघि

काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख र उपपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्। जारी मतगणनामा प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार ५१८ मतका साथ अग्रता कायम राखेकी हुन्।

७३ हजार ७८७ मतगणना हुँदा रेनुले २८ हजार ६०८ मत पाएकी छिन्। नेकपा एमालेका विजय सुवेदीले भने २३ हजार ९० मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन्।

यस्तै, महानगर उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत पाउँदै अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले भने १७ हजार ९२० मत पाएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell