PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

विश्वका ११ देशमा मंकिपक्सका ८० केस पुष्टि : विश्व स्वास्थ्य संगठन



पहिलोपोस्ट

विश्वका ११ देशमा मंकिपक्सका ८० केस पुष्टि : विश्व स्वास्थ्य संगठन
Photo : WHO

विश्व स्वास्थ्य संगठनले ११ वटा देशहरुमा ‘मंकिपक्स’ का केसहरु फेला परेको जनाएको छ। संगठनले हालसम्म मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको छ।

संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको छ। मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै अमेरिका र क्यानडामा पनि यो भाइरसको संक्रमण देखिएको थियो।

यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। बेलायतमा नाइजेरियाबाट फर्किएका व्यक्तिमा यो संक्रमण देखिएको थियो।

यो भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने भएकाले खतरा कम रहने जनाइएको छ। यो भाइरसबाट संक्रमित हुनेहरुमा मध्यम खालका लक्षण देखिने र केही हप्तामा नै निको हुने बेलायतको नेश्नल हेल्थ सर्भिसले जनाएको छ।

हालसम्म मंकिपक्सविरुद्ध कुनै भ्याक्सिन निर्माण भएको छैन। तर स्मलपक्सको लागि प्रयोग हुने भ्याक्सिन मंकिपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell