PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वीरगंजमा राजेशमान विजयभन्दा १३ हजार मतले अगाडि, उपमेयरमा कांग्रेसका आलमको अग्रता



पहिलोपोस्ट

वीरगंजमा राजेशमान विजयभन्दा १३ हजार मतले अगाडि, उपमेयरमा कांग्रेसका आलमको अग्रता

वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना आज आठौँ दिन पनि जारी छ। वीरगंज-१४ पिपरास्थित श्रीनृसिंह माविमा जारी मतगणनामा हालसम्म १८ वटा वडाको मत गनेर सकिएको छ भने बाँकी १४ वटा वडाको मतगणना जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

उनका अनुसार आगामी मंगलवारसम्म वीरगंजको मतगणना सकाउने लक्ष्यका साथ कर्मचारी परिचालन गरिएको बताए। उनले हाल ६ वटा कोठामा २४सै घण्टा मतगणना जारी रहेको बताए।

१२/१२ घण्टाको दुई सिफ्टमा कर्मचारी खटाई मतगणना भइरहेको उनले बताए। शनिवार मध्यान्ह १२ बजे सम्मको अपडेट अनुसार वीरगंज महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को कुल ५५ हजार १ सय १० मतपत्रको गणनापछि मेयरमा जसपाका राजेशमान सिंहले नेकपा (एमाले)का मेयरका उम्मेदवार विजय कुमार सरावगीभन्दा १३ हजार मतले अग्रता कायम राखेका छन्।

सिंह सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्। सिंहले २७ हजार ५ सय १५ मत ल्याएका छन् भने एमाले-लोसपाका साझा उम्मेदवार सरावगीले १४ हजार  २ सय ३३ मत ल्याएका छन्।

त्यसैगरी, उपमेयरमा कांग्रेसका इम्तियाज आलमले लोसपाका पुरुषोत्तमलाल झाभन्दा करिब १५ हजार मतले अगाडि रहेका छन्। आलमले १९ हजार ४९ मत पाउँदा झाले ४ हजार २ सय ५१ मत ल्याएका छन्। कुल ५५ हजार १ सय १० मतमा मेयरमा ४३ हजार ७ सय २४ मत सदर भएको छ भने ११ हजार ३ सय ८६ मत बदर भएको छ।

त्यसैगरी, उपमेयरमा २९ हजार ३ सय ५४ मत सदर भएको छ भने २५ हजार ७५० मत बदर भएको छ। मेयरमा २० दशमलव ६६ प्रतिशत मत बदर भएको छ भने उपमेयरमा ४६ प्रतिशत ३ प्रतिशत मत बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell