PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वीरगंजको ३२ वडा मध्ये १८ वटा वडामा कसले मार्‍यो बाजी ? मतगणना भइरहेको वडामा कसको छ अग्रता ?



पहिलोपोस्ट

वीरगंजको ३२ वडा मध्ये १८ वटा वडामा कसले मार्‍यो बाजी ? मतगणना भइरहेको वडामा कसको छ अग्रता ?

वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंजमा अहिले मतगणना तीब्र रुपमा जारी रहेको छ।  ३२ वटा वडा भएको वीरगंज महानगरमा १८ वटा वडाको मतगणना सकिसकेको छ भने १४ वटा वडाको मतगणना जारी रहेको छ।

हालसम्म सकिएको वडाहरुको मतगणनाको नतिजा अनुसार वीरगंजको १८ वटा वडा मध्ये ७–७ वटामा नेपाली कांग्रेस – जनता समाजवादी पार्टीले वडा अध्यक्ष जितेको छ। नेकपा एमालेले ३ वटा वडामा र एक वडामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ।

वीरगंज महानगरको ३२ वडा मध्ये १ देखि ९ सम्म र २४ देखि ३२ सम्मको मतगणनाको नतिजा आइसकेको छ। वीरगंजको वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, वडा २ मा कांग्रेसका मोहम्द रेयाज मियाँ तेली, वडा ३ जसपाका बैजु स्वर्णकार, वडा ४ मा कांग्रेसका जगतसाह कानु, वडा ५ मा प्रदिप चौरसिया, वडा ६ मा लोसपाका जयप्रकाश साह अग्रवाल, वडा ७ मा कांग्रेसका हीराकाजी महर्जन, वडा ८ मा जसपाका रितेश गुप्ता, वडा ९ मा कांगेसका जहावरप्रसाद गुप्ता, वडा २४ मा एमालेका विजयप्रसाद कुर्मी, वडा २५ मा जसपाका आशुतोष चर्तुबेदी, वडा २६ मा कांग्रेसका शम्भु मिश्र, वडा २७ मा कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी, वडा २८ मा कांग्रेसका सर्युग महतो धानुक, वडा २९ मा जसपाका धर्मेन्द्र महतो थारु, वडा ३० मा जसपाका मनोजकुमार यादव, वडा ३१ मा एमालेका जितेन्द्र यादव, वडा ३२ मा जसपाका रेयाज अहमद मियाँले वडा अध्यक्षमा विजयी भएका छन्।

जो फेरि बने वडा अध्यक्ष...

वीरगंज महानगरको वडा नं ३,४,५,२६,२९ र ३२ मा गरि ६ वटा वडामा वडा अध्यक्षहरु दोहोरिएका छन्। १२ वटा वडामा वडा अध्यक्षमा नयाँ अनुहार आएको छ।

वीरगंजको केही वडामा पुरानो पार्टीले टिकट नदिँदा अर्को पार्टीबाट उम्मेदवारी दिएर पनि केही वडा अध्यक्ष विजयी भएका छन्। वीरगंजको वडा ८ मा कांग्रेसका नेता रितेश गुप्तालाई पार्टीले टिकट नदिदाँ उनले पनि जसपाबाट चुनाव लडेर विजयी भए। वडा २४ मा पनि कांग्रेसबाट टिकट नपाउँदा विजयप्रसाद कुर्मी एमालेबाट चुनाव लडेर निर्वाचन जितेका छन्। वीरगंज ३१ बेल्वामा पनि जसपाले जितेन्द्र यादवलाई टिकट नदिदाँ उनी एमाले रोजेका थिए। उनी पनि एमालेबाट वडा अध्यक्षमा विजयी भएका छन्।

बाँकी ६ वटा वडामा कसको अग्रता ?

अहिले वडा नं १०,११,१२,२१,२२,२३ को मतगणना जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिएका छन्।

वडा १० मा जसपाका सुशिल साह कानु, वडा नं ११ मा जसपाका अजय चौरसिया, वडा नं १२ मा एमालेका सुरेश साह कानु, वडा २१ मा लोसपाका राधाकृष्ण रौनियार, वडा २२ मा कांग्रेसका द्वारिका महतो, वडा २३ मा एमालेका अवधकिशोर कुशवाहा गरी ६ जनाले अग्रता लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell