PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

आठ वर्षअघि किशोरीमाथि भएको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध : गृह मन्त्रालय



पहिलोपोस्ट

आठ वर्षअघि किशोरीमाथि भएको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध : गृह मन्त्रालय

काठमाडौं : आठ वर्षअघि एक किशोरीमाथि भएको यौन शोषणको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको गृह मन्त्रालयले जनाएको छ।

शनिवार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा प्रतिनिधिसभा मार्फत् ध्यानाकर्षण भएको गृह मन्त्रालयले जानकारी दिएको छ। बुधवार सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै एक युवतीले आफूलाई ८ वर्ष अगाडि यौन शोषण भएको भन्दै न्याय मागेकी थिइन्। सामाजिक सञ्जालमा दोषीलाई कारबाही गर्न चर्को माग गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

शुक्रवारमात्र गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको छ। समितिले शुक्रवार नै पीडित किशोरीलाई भेटेर घटनाको बारेमा जानकारी लिएको थियो।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्।  शुक्रवार र शनिवार काठमाडौंमा युवतीको न्यायको लागि प्रदर्शन समेत गरिएको थियो। शुक्रवार नै प्रतिनिधि सभामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले किशोरीको न्यायका लागि माग गरेका थिए।

तर, घटना ८ वर्ष अगाडि भएको भन्दै कानुनी रूपमा हदम्याद लाग्ने भएकाले प्रहरीले कानुनी परामर्श समेत थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell