
भारतीय अभिनेता धनुष र उनका बुवा कस्तुरी राजाले मधुराई बस्ने एक दम्पत्तीलाई कानुनी पत्रचार गरेका छन्। ती दम्पत्तीले धनुषलाई आफ्नो सहोदर छोरा भन्दै दाबी गरिरहेका छन्। धुनुष र उनको परिवारले भने ती दाबीलाई खारेज गर्दै कानुनी उपचार खोजेको हो।
पत्रमा दम्पत्तीलाई झुटा दाबी नगर्न भनिएको छ। धनुषलाई फेरि छोरा भनेर दाबी दोहोरिए मानहानीको मुद्दा लगाउने चेतावनी उक्त पत्रमार्फत दिइएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
धनुष र उनका बुवाले झुटा दाबीको खण्डन गर्दै प्रेस विज्ञप्ति निकाल्न पनि ती दम्पत्तीलाई आग्रह गरेको छ। यसो नगरे १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग्दै मानहानीको मुद्दा हाल्ने चेतावनी धनुषले दिएका छन्।