PahiloPost

Jun 16, 2026 | २ असार २०८३

झापामा बालिकालाई करणी गरेको अभियोगमा एक म्यादी प्रहरी पक्राउ



रासस

झापामा बालिकालाई करणी गरेको अभियोगमा एक म्यादी प्रहरी पक्राउ

सुरुङ्गा : बालिकालाई करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमल प्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले उनलाई शुक्रवार झापाको गौरीगञ्जस्थित वडा नम्बर २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो। उनले मंगलवार १४ वर्षीया बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell