PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टुँडिखेलमा साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराँती समुदाय

टुँडिखेलमा साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराँती समुदाय

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उँभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ २ गते उँभौली परेको थियो।

शनिवार टुँडिखेलमा उँभौलीकै अवसरमा सांस्कृति कार्यक्रम आयोजना गरियो। किराँती भेषमा युवादेखि वृद्धवृद्धाहरु टुँडिखेलमा भेला भएर साकेला नृत्य गरेका थिए।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि उभौली मनाइने परम्परा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।



ट्रेन्डिङ पोस्ट

Ncell