PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मकवानपुर इन्द्रसरोवरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु



पहिलोपोस्ट

मकवानपुर इन्द्रसरोवरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सिमखोलामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

शनिबार साँझ विरगंजबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी सिमखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए।

उनले मृत्यु हुनेको पहिचान नखुलेको बताए। घाइतेहरुमा एक जनाको काठमाडौंमा र ३ जनाको हेटौंडामा उपचार भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell