__.jpg)
काठमाडौंः ललितपुरमा एक महिला मृत फेला परेकी छिन्।
ललितपुर महानगरपालिका-९ बालकुमारीमा मोरङ घर भएकी ३७ वर्षी गिता चौधरी मृत भेटिएकी प्रहरीले जानकारी दिएको छ। कुसुम कलेज अगाडि खाजा पसल संचालन गरी बस्ने चौधरी आफ्नै पसलमा शनिबार मृत अवस्थामा फेला परेकी हुन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।