PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

शरीरमा 'हामीलाई बलात्कार गर्न बन्द गर' लेख्दै कान्सको रेड कार्पेटमा महिलाको प्रदर्शन



पहिलोपोस्ट

शरीरमा 'हामीलाई बलात्कार गर्न बन्द गर' लेख्दै कान्सको रेड कार्पेटमा महिलाको प्रदर्शन
Photo : BBC

कान्स फिल्म फेस्टिभलमा एकजना महिलाले युद्धग्रस्त युक्रेनमा भइरहेको यौन हिंसाको विरोधमा प्रदर्शन गरेकी छिन्।

फेस्टिभलको रेड कार्पेटमा अर्धनग्न भएर पुगेकी युवतीले शरीरमा ‘स्टप रेपिङ अस’ (हामीलाई बलात्कार गर्न बन्द गर) लेखेकी थिइन्। युक्रेनी झण्डाको रंग पोतिएको शरीरमा उनले युक्रेनमा महिलामाथि भइरहेको यौन हिंसाको सन्देश लेखेर प्रदर्शन गरेकी हुन्।

युक्रेन र रसियाबिच युद्ध सुरु भएको ८७ दिन भइसकेको छ। रसियाले दुई युक्रेनी विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धमा रसियाली सेनाले युक्रेनी महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भएका छन्। सयौंको संख्यामा महिला यौन हिंसामा परेको विभिन्न रिपोर्टहरु सार्वजनिक भएका छन्।

युक्रेन सरकारले यौन हिंसाका घटनाबारे आफूहरुले गम्भीरतापूर्वक छानबिन गरिरहेको जनाएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by BBC News (@bbcnews)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell