PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेश मन्त्री जियाबिच छलफल



पहिलोपोस्ट

बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेश मन्त्री जियाबिच छलफल
तस्विर : रासस

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाबिच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच छलफल भएको हो।

आज भएको भेटवार्तामा उनीहरुबिच नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया दुई दिन अघि नेपाल आएकी थिइन्। भारत भ्रमण सकेर उनी काठमाडौं आएकी थिइन्। भारतमा रहँदा उनले दलाई लामासँग समेत भेट गरेकी थिइन्। उनको भ्रमणलाई लिएर चीनले चासोसमेत व्यक्त गरेको थियो। 

तिब्बतको मामिलामा नेपाल एक चीन नीतिमा अडिग छ। यस्तो अवस्थामा तिब्बत मामिला हेर्ने उच्च अधिकारीको भ्रमणलाई महत्वका साथ हेरिएको छ। जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण समेत गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell