PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

एन्थोनी अलबानिज अस्ट्रेलियाका भावी प्रधानमन्त्री, देशमा 'सुरक्षित परिवर्तन' ल्याउने वाचा



पहिलोपोस्ट

एन्थोनी अलबानिज अस्ट्रेलियाका भावी प्रधानमन्त्री, देशमा 'सुरक्षित परिवर्तन' ल्याउने वाचा
PHOTO : GETTY IMAGES

एन्थोनी अलबानिज अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। एक दशकपछि लेबर पार्टीले संसदीय निर्वाचनमा बहुमत हासिल गरेपछि अलबानेसे प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको हो।

सन् २०१३ देखि सत्तामा रहेको कन्जर्भेटिभ लिबरल नेशनल गठबन्धनलाई हराउँदै लेबर पार्टीले अब अस्ट्रेलियामा सरकार निर्माण गर्नेछ।

निवर्तमान हुन लागेका प्रधानमन्त्री स्कट मोरिसनको ठाउँ लिने तयारीमा रहेका अलबानिजले अस्ट्रेलियामा ‘सुरक्षित परिवर्तन’ ल्याउने बताएका छन्।

२५ वर्षसम्म सांसद बनेका अलबानिज लैंगिक समानता र नि:शुल्क स्वास्थ्य उपचारका अभियानकर्ता हुन्। रग्बी लिगको 'फ्यान' उनले अस्ट्रेलियलीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो प्रयास रहने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell