PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेलको अग्रता, उपप्रमुखमा पनि गठबन्धन अघि



पहिलोपोस्ट

पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेलको अग्रता, उपप्रमुखमा पनि गठबन्धन अघि

काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार महेश खरेलले अग्रता लिएका छन्।

वडा नं १० सम्म सम्पन्न मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसका खरेलले ९ हजार ९३७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कञ्चन अधिकारीले ६ हजार ४७ मत प्राप्त गरेका छन्। खरेल पाँचखालका निवर्तमान नगर प्रमुख समेत हुन्।

त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले ७ हजार १५८ मत प्राप्त गर्दा एमालेका सूर्यमाया दनुवारले ६ हजार ९५१ मत प्राप्त गरेका छन्।

मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ मा माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल,सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएका छन्। १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell