PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

पुनर्वास-८ मा फुल्यो 'गुलाब', वडामा सबै स्वतन्त्र उम्मेदवार निर्वाचित



पहिलोपोस्ट

पुनर्वास-८ मा फुल्यो 'गुलाब', वडामा सबै स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौं : कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। वडा अध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन्।

वडा अध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार परि रावलले ४५८ मत पाउँदा एमालेले ३३२ मत पाए।

यस्तै, महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन्। उनहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव लडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell