काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अमेरिकाका उपविदेश मन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबिच द्विपक्षीय-बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आएकी हुन्। आज बिहानै जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी थिइन्।
यो वर्ष नेपाल र अमेरिकाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष चलिरहेको छ। यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहेका छन्।