काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०७ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।
मुलुकभर कूल ७५३ पालिका रहेकामा करिब ९४ प्रतिशत पालिकाको मतगणना सकिएकव छ।
मतपरिणाममा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। कांग्रेसले १२७ पालिका प्रमुख र १८६ पालिका अध्यक्ष जितेको छ। नेकपा एमालेले ३८ पालिका प्रमुख र १२१ पालिका अध्यक्षमा जित हासिल गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले २४ पालिका अध्यक्ष र ९६ पालिका अध्यक्षमा जितेको छ।
काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ।