PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बालेन साहले कटाए ४० हजार, ५९ प्रतिशत मत गन्दा केशव स्थापित तेस्रो स्थानमा



पहिलोपोस्ट

बालेन साहले कटाए ४० हजार, ५९ प्रतिशत मत गन्दा केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४० हजार मत कटाएका छन्।  १ लाख १२ हजार ४४२ मत गणना सकिदा साहले ४० हजार ३ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ मत,नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत ल्याएका छन्।

हालसम्म वडा नम्बर १ देखि ८ सम्म र २७ देखि ३२ वडाको गणना सकिएको छ। वडा नम्बर ९, १०, ११, १२, २३, २४, २५ र २६ को गणना जारी छ। बाँकी वडाको गणना पनि छिट्टै सुरु हुने बताइएको छ।

हालसम्म ७ वटा वडामा कांग्रेस र ७ वटै वडामा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन्। काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। जसमध्य हालसम्म ५९ प्रतिशत मत गनिसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell